नायक सरोज खनालको आज जन्मदिन

Hamro Jamana -   हाम्रो जमाना || २०७७ फाल्गुण १२ बुधबार

नेपाली सिनेमा जगतमा चर्चित नाम हो सरोज खनाल । कुनै समयका सबै दर्शकको मन मनमा बस्न सफल अभिनेता खनालको आज जन्मदिन परेको छ ।

पछिल्लो समय उनी बाबुको रोलमा विभिन्न चलचित्रहरुमा अभियन गरेका छन् । ।

१७ वर्ष अमेरिका बसेर फर्किएका अभिनेता खनाल दुई छोराका बाबु हुन् । नेपालमा लकडाउन सुरु भएपछि उनी फेरी अमेरिका उडेका थिए । अमेरिकी सरकारले बिदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काएको कारण सरोज पनि गएको चैत २४ गते अमेरिका उडेका हुन् ।

अमेरिकाको ग्रीनकार्डका कारण उनी अमेरिका उडेको भनेर चर्चा परिचर्चा भएको थियो । अमेरिकाको सुख सुबिधा छाडेर श्रीमती सहित नेपाल फर्किएको बताएर सबैको सहानुभुतिका पात्र बनेका सरोज फेरि अमेरिका उडेपछि ग्रिन कार्ड जोगाउन अमेरिका पुगेको आरोप समेत उनीमाथि लाग्दै आएको छ ।

नायिका करिश्मा मानन्धरले बुधबार विहानै सरोज खनालसँगको तस्विर शेयर गर्दै खनाललाई जन्‍‍मदिनको शुभकामना दिएकी छिन् ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
hamrojamana@gmail.com



सामाजिक संजाल