यस्ता छन् गुणकारी ओखर खानुका १० फाईदाहरु

Hamro Jamana -   हाम्रो जमाना || २०७७ माघ २७ मङ्गलबार

एजेन्सी । ओखर हाम्रो आफ्नै गाउँ घरमा पाइने एक बनस्पती फल हो,ओखरलाई ‘ब्रेन फुड पनि भनिन्छ। 
ओखर दुई प्रजातिको हुन्छ , प्राय: नेपालमा हाडे ओखर बनजङ्गलमा पाईन्छ ।  दाते प्रजातिको ओखर चाही राम्रो हुन्छ,  यसको बाहिरी भाग नरम हुने हुँदा दातले नै फुटाएर खान सकिन्छ ।

ओखरको नियमित सेवनले शरीरलाई पोषण प्रदान गर्नुको साथै विभिन्न रोगबाट बचाउन समेत मद्दत गर्दछ । प्राय जसो तिहारमा भाई पूजाका लागि नभई नहुने ओखरको धार्मिक मात्र नभई स्वास्थ्यको दृष्ट्रिकोणले पनि निकै लाभदायी मानिन्छ ।

१.  एक दिनमा ४ – ५ वटा ओखरको सेवन गर्नाले मुटुलाई स्वस्थ राख्नुका साथै शरीरमा कोलेस्ट्रेरोलको मात्रा कम गर्न मद्दत गर्छ ।

२.  ओखरमा एन्टी अक्सिडेन्ट नामक तत्व हुन्छ जसले कपाल तथा त्वचा सम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै बढ्दो उमेरमा हुने चाउरीपनाबाट छुटकारा पाउन सकिन्छ ।

३.  ओखरको सेवनले मानसिक समस्या कम गर्नुका साथै तनावबाट मुक्ति मिल्छ । यसको नियमित सेवन गर्नाले मस्तिष्कलाई स्वस्थ बनाईराख्न मद्दत गर्छ ।

४.  ओखरको नियमित सेवनले पुरुषको शुक्रकिटलाई स्वस्थ बनाउँछ । बेलायतको शेफिल्ड विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार ओखर सेवन गर्ने पुरुषको अण्डकोषमा बढि शुक्रकिट उत्पादन हुनुका साथै त्यस्ता शुक्रकिट स्वस्थ हुन्छन् । दिनमा २ मुठीजति ओखर खानु नै काफी छ ।

५.  ओखरमा भिटामिन इ हुन्छ जसले त्वचा सम्बन्धी समस्याबाट मुक्ति दिलाउँछ । यसले छालालाई सुन्दर र स्वस्थ राख्नमा मद्दत गर्छ ।

६. स्तन क्यान्सरको खतरा कमः ओखरको नियमित प्रयोगले स्तन क्यान्सरको खतरा कम हुन्छ । मार्सल विश्वविद्यालयले गरेको अध्ययन अनुसार ६० ग्राम ओखर दिनहुँ खाने गरे स्तन क्यान्सरको सम्भावना कम हुन्छ ।

७. ओखरमा प्रशस्त मात्रामा फाइबर हुन्छ जसले पाचनक्रियालाई मजबुत बनाउँछ । यसको नियमित सेवनले कब्जियत सम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै मृर्गौलामा पत्थरी हुनबाट जोगाउँछ ।

८. ओखरमा प्रशस्त मात्रामा क्याल्सियम हुन्छ जसले हड्डी बलियो बनाउन आवश्यक पोषक तत्व प्रदान गर्दछ ।

९. एयर फिल्टर – एयर फिल्टर भनेको हाम्रो नाकजस्तै हो । एयर फिल्टरबाट मोटरसाइकलको इन्जिनमा हावा पास हुन्छ । प्रत्येक सर्भिसिङमा यसलाई सफा गरिन्छ ।दुई हजार किलोमिटर गुडेपछि मोटरसाइकल सर्भिसिङ गर्नुपर्छ । एयर फिल्टर फोहोर भएमा इन्जिन छोटो समयमै बिग्रने डर हुन्छ । ६ हजार किलोमिटर गुडेपछि भने एयर फिल्टर पनि परिवर्तन गर्नुपर्छ ।

१०. तनाव कम ग्रन मद्धत गर्छ । ओखरको प्रयोगले मानिसलाई तनावसँग लड्ने क्षमतामा बृद्धि गर्छ । यसमा भएको तेलले ब्लड प्रेसर र त्यसको प्रभावलाई कम गर्न मद्धत गर्छ र तनाव कम हुन्छ ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
hamrojamana@gmail.com



सामाजिक संजाल